२० असार २०८३, शनिबार

काम गरेनन् भने सांसदलाई ढ्यांग्रो ठोक्दै लखेट्नुपर्छ : महावीर पुन

बैशाख १६, २०८०
काम गरेनन् भने सांसदलाई ढ्यांग्रो ठोक्दै लखेट्नुपर्छ : महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरूले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् । आविष्कारनिम्ती सरकार गम्भीर नभएको शुक्रबारबाट आन्दोलनमा उत्रिएका उनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन् । सांसदहरूले कानून बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको उनको भनाइ छ । 

अरु हेर्ने विभाग भए पनि अनुसन्धान आविष्कार नवप्रवर्द्धन गर्ने विभाग नभएको भन्दै उनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए । ‘अनुसन्धान आविष्कार नवप्रवर्द्धन गर्ने विभाग खोई ? हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौँ,' उनले भने, 'सांसदलाई भाषण गर्न, उद्घाटन गर्न, माला लगाउन समय मिल्ने, तर नभइ नहुने ऐन,कानून बनाउन समय नमिल्ने, हामीले त बनाउन पाइँदैन, सडकबाट त ऐन बन्दैन । सांसदलाई काम गरेनन् भने ढ्याँग्रो ठोक्दै लखेट्नुपर्छ ।’

पुनले सानातिना आन्दोलनहरू पूरा गर्न अर्थतन्त्र सुधार्ने जन आन्दोलन भएको बताए । 


 

salt training

कमेन्ट गर्नुहोस्