
एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतविरुद्ध नेपाली फास्ट बलर करण केसीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
४.३ ओभरमा १० रन दिँदा करणले ५ विकेट लिइसकेका छन् ।
नेपालविरुद्ध चुनौतीपूर्ण २८२ रनको लक्ष्य पछ्याएको कुवेतले २२ रन जोड्दा ५ विकेट गुमाएलगत्तै करणले फेरि व्यक्तिगत पाँचौ विकेट लिएका हुन् ।
करणले दुई ओपनरसहितका विकेट लिएका हुन् ।
करणले उत्कष्ट प्रदर्शन गरेपछि नेपालविरुद्ध चुनौतीपूर्ण लक्ष्य पछ्याएको कुवेत धरासयी बन्न पुगेको छ ।
करणले ८.३ ओभरमा ५ विकेट लिएलगत्तै फेरि वर्षाले खेल रोकिएको छ ।
खेल रोकिएर नहुने स्थितिमा समूह विजेताको रुपमा नेपाल फाइनल पुग्नेछ ।