भदौ १२, २०८०
नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जामा संशोधन गरेर आइतवार जारी गरेको निर्देशनले बैंकहरूलाई तनाब थप गर्ने चिन्ता नेपाल बैंकर्स संघले नै गरेको छ । राष्ट्र बैंकको निर्देशनले ऋण तिर्न नसकेका व्यवसायीलाई थप मार पर्...
बैशाख १६, २०८०
आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षका रूपमा मनाउने नेपाल राष्ट्र बैंकको अभियानसँगै मुक्तिनाथ विकास बैंक लिमिटेडले सबै शाखा कार्यालय र केन्द्रीय कार्यालयका कर्मचारीहरूको साथमा शुक्रवार र शनिवार ग्राहकमा वित्तीय साक्षरता पुर्याउन र बैंकिङ सेवासुविधाको जानकारी दिन देशभर बृहत् वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैलो कार्यक्रम गरेको छ ।
बैंकको बृहत् वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैला कार्यक्रम देशभरका विभिन्न विद्यालय, कलेज, समुदाय केन्द्रहरू तथा अन्य सार्वजनिक स्थलमा गरिएका छन् ।
‘जनता बैंकमा हैन, बैंक जनतामा जानुपर्दछ’ भन्ने मूल नारा बोकेको बैंकले नारालाई मनन् गर्दै घरदैलो कार्यक्रम आयोजना गरेको हो । बैंकले आयोजना गरेको कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनसहित अन्य सम्पूर्ण कर्मचारी र केही संस्थापक शेयरधनीको सहभागिता रहेको थियो ।
वित्तीय साक्षरता तथा घरदैलो कार्यक्रम राख्दै बैंकले विद्यार्थी, जनमानस तथा ग्राहकमा बैंकका विभिन्न सेवाबारे घरमै गएर वा एक स्थानबाटै जानकारी गराउँदा उपस्थित सबै सहभागीले बैंकिङ सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन सम्बन्धी जानकारी पाउने विश्वास बैंकले लिएको जनाइएको छ । कार्यक्रमबाट बैंकको नाम मात्र नभई बैंकिङ क्षेत्रबारे पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२, कर्जा सेवाको लागि ९८०१११००२३) जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जामा संशोधन गरेर आइतवार जारी गरेको निर्देशनले बैंकहरूलाई तनाब थप गर्ने चिन्ता नेपाल बैंकर्स संघले नै गरेको छ । राष्ट्र बैंकको निर्देशनले ऋण तिर्न नसकेका व्यवसायीलाई थप मार पर्...
नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगक...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर एक हजार नौ सय ६९ दशमलब १८ मा पुगेको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । मंगलवार नेप्से परिसूचक १८ दशमलव ४५ अङ्कले बढेर दुई हजार २२ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । मंगलवार विभिन्न कम्पनीका दुई सय ...
एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारणसभा असोज २८ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न हुने भएको छ । असोज ५ गते सम्पन्न बैंकको ६३० औं संचालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो । ...
अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक शेयरधनीहरूले हकप्रद शेयरबापतको रकम चुक्ता गरेका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले आगामी भदौ १८ गतेदेखि शेय...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...