०८ असार २०८३, सोमबार

नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुलुक अधोगतितर्फ धकेलियो : केपी ओली

बैशाख १६, २०८०
नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुलुक अधोगतितर्फ धकेलियो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक अधोगतितर्फ धकेलिएको बताएका छन् ।

एमाले पाँचथरद्वारा फिदिममा शनिवार आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एमाले सरकारबाट बाहिरिए पछिको दुई वर्षको अन्तरालमा देश अधोगतितर्फ धकेलिएको बताए । मुलुकलाई सहि बाटोमा हिँडाउन एमालेले मात्रै सक्ने उनको जिकिर थियो ।

फरक प्रसंगमा उनले गुण्डागर्दीबाट पहिचान प्राप्त नहुने बताएका छन् । कोशी प्रदेश नामाङ्कनको विरुद्धमा आन्दोलनरत पहिचावादी आन्दोलनकारीहरुलाई लक्षित गर्दै उनले ‘गुण्डागर्दीबाट पहिचान प्राप्त नहुने बताए ।

ओली फिदिममा रहँदा पहिचानवादी आन्दोलनकारीले उनकाविरुद्धमा कालो झण्डा देखाउनुका साथै मसाल जुलुस प्रदर्शन गरेका थिए ।

कोशी प्रदेश नामकरण पहिचान विपरीत रहेको र सो नामकरण हुनेमा एमाले जिम्मेवार रहेको भन्दै आन्दोलनकारीले ओलीप्रति आक्रोश व्यक्त गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्