२३ जेठ २०८३, शनिबार

ओलीमाथिको आक्रमणमा चित्रबहादुरको विरोध

बैशाख १६, २०८०
ओलीमाथिको आक्रमणमा चित्रबहादुरको विरोध

नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि भएको आक्रमणप्रति जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विरोध गरेका छन् । १ नम्बर प्रदेशको नामकरण ‘कोशी’ प्रदेश गरिएको भन्दै जातीवादीहरुले झापामा आयोजित आमसभामा ओलीमाथि आक्रमण गरेकोप्रति राष्ट्रिय जनमोर्चाले विज्ञप्तिमार्फत विरोध गरेको हो । 

 ‘कोशी’ प्रदेशको नामकरणको सन्दर्भमा जातिवादीहरूको गतिविधिले राष्ट्रिय विखण्डनको अवस्था उत्पन्न गर्ने भन्दै केसीले सङ्घीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन कायम गर्नुपर्नेमा जोड दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्