१४ असार २०८३, आइतबार

९ दिनपछि निरा हत्यामा संलग्न आरोपी पक्राउ

बैशाख १६, २०८०
९ दिनपछि निरा हत्यामा संलग्न आरोपी पक्राउ

राजधानीको कपनमा व्यवसाय सञ्चालन गर्दै आएकी निरा पाण्डेको हत्यामा संलग्न आरोपी ९ दिनपछि पक्राउ परेका छन् । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा झापाका विनोद विकलाई पक्राउ गरेको हो । 

कपनको सरस्वतीनगरीस्थित निरु किचन सञ्चालन गर्दै आएकी पाण्डेको वैशाख ७ मा हत्या भएको थियो । घटनामा प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना भएको थियो भने शुक्रबार मात्रै छानबिन समिति गठन भएको थियो । 

समितिले झापामै पुगेर  विकलाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ । उनी घटना गराएर झापा पुगेर बसेको प्रहरीको भनाइ छ । उनी बाउन्सर रहेको बताइएपनि प्रहरीले थप विवरण खुलाएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्