२५ जेठ २०८३, सोमबार

कर्जा नतिर्नेसहितका भ्रम सिर्जना गर्दै हिँड्नेलाई मुद्दा चलाउने निर्णय

बैशाख १७, २०८०
कर्जा नतिर्नेसहितका भ्रम सिर्जना गर्दै हिँड्नेलाई मुद्दा चलाउने निर्णय

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले संस्थाको विश्वसनीयता वा सम्पत्तिमा हानि नोक्सानी पुर्याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने,  भ्रम सिर्जना गर्ने,  कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने लगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरु गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरूका विरुद्ध अनिवार्य रूपमा मुद्दा चलाउने भएको छ । 
परिसंघको वैशाख १४ गते बसेको बैठकले सो निर्णय गरेको हो । 

निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरूको हकहित संरक्षणको लागि प्रचलित कानूनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि तयार रहेको परिसंघले जनाएको छ । यसका लागि  सबै बैंक तथा वित्तीय संस्थाहरू पूर्ण रूपमा एकताबद्ध, प्रतिबद्ध र दृढ संकल्पित रहेको आइतबार जारी एक सार्वजनिक विज्ञप्तिमा उल्लेख छ । 

परिसंघले प्रचलित कानूनको अधिनमा रही हदैसम्मको कारवाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने, उजुरी गर्ने लगायत कार्य समेत विज्ञप्तिमा उल्लेछ  । 

salt training

कमेन्ट गर्नुहोस्