१९ असार २०८३, शुक्रबार

प्रिक्सा टेक्नोलोजिजलाई ‘आईसीटी इन्नोभेसन अवार्ड’

बैशाख २०, २०८०
प्रिक्सा टेक्नोलोजिजलाई ‘आईसीटी इन्नोभेसन अवार्ड’

प्रिक्सा टेक्नोलोजिजले प्रतिष्ठित राष्ट्रिय सूचना प्रविधि नवप्रवर्तन पुरस्कार (नेसनल आईसीटी इन्नेभेसन अवार्ड) प्राप्त गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले दिने उक्त अवार्ड प्रिक्साले नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकता तथा उम्दा समाधानमा निरन्तर प्रयास गरेबापत पाएको हो । 

प्रविधि क्षेत्रमा प्रिक्सा टेक्नोलोजिज अग्रणी रहेको र नेपालको सूचना प्रविधि क्षेत्रमा उसले उल्लेख्य योगदान गरेकाले अवार्ड प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मनीषकुमार शर्माको नेतृत्वमा प्रिक्साले नेपालको प्रविधि क्षेत्रमा क्रान्ति ल्याएको छ ।

उसले नेपालमा पहिलोपटक रिरी जस्तो  कृत्रिम बौद्धिकताद्वारा सञ्चालित नेपाली भाषाको च्याटबोट बनाएको छ । 

यसका साथै प्रिक्साको स्नोबेरी मिडिया म्यानेजमेन्ट सिस्टमले नेपाली अनलाइन मिडियाको व्यवस्थापन तथा प्रकाशनमा क्रान्ति ल्याएको छ । 

यसका अतिरिक्त प्रिक्सा टेक्नोलोजिजको पोमेलो एचआरएम जस्तो कृत्रिम बौद्धिकतायुक्त उत्पादनले नेपालको प्रविधि उद्योगमा सकारात्मक योगदान गरेको छ ।

‘नेसनल आईसीटी इन्नोभेसन अवार्डद्वारा सम्मानित हुन पाउँदा हामी हर्षित छौं,’ प्रिक्साका प्रमुख कार्यकारी शर्माले भने, ‘यो अवार्ड हाम्रो टीमको कठिन परिश्रमको प्रतिफल हो । हामी नवप्रवर्तनात्मक समाधानमा गर्व गर्छौं । यसले प्रविधि उद्योग र समाजमा उल्लेख योगदान गरेको छ ।’

प्रिक्साको नवप्रवर्तनात्मक समाधान सरकार, सञ्चारमाध्यम, आर्थिक क्षेत्र, स्वास्थ्य सेवा र शिक्षामा समेत उपयोग गरिएको छ । 

जटिल समस्याको समाधानमा नवप्रवर्तनात्मक उपाय अपनाउने गरेकाले प्रिक्सा प्रविधि क्षेत्रको अग्रणी खेलाडी हो र धेरै संस्थाहरूले उससँग सहकार्य गर्न रुचाएका छन् ।

लोकान्तर डट्कमको सम्पूर्ण प्राविधिक व्यवस्थापनको काम पनि प्रिक्साले नै गर्दै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्