२२ जेठ २०८३, शुक्रबार

नक्कली शरणार्थी प्रकरण : लुकेर बसेका थिए सचिव पाण्डे, परिवारले नै लगाइदियो प्रहरीको जिम्मा

बैशाख २०, २०८०
नक्कली शरणार्थी प्रकरण : लुकेर बसेका थिए सचिव पाण्डे, परिवारले नै लगाइदियो प्रहरीको जिम्मा

नक्कली भुटानी शरणार्थी खडा गरी अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार उनलाई बुधवार काठमाडौंको जडिबुटी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि पाण्डे मंगलवार साँझदेखि नै घरबाहिर लुकेर बसेका थिए ।

प्रहरीले उनलाई खोज्नका लागि बुधवार बिहानैदेखि भक्तपुरको जंगलमा सर्च अपरेसन समेत चलाएको थियो ।

अन्तिममा परिवारका सदस्यहरूले नै पाण्डेलाई प्रहरीसमक्ष बुझाएको प्रहरीका एक उच्च अधिकृतले लोकान्तरसँग बताए ।

शिक्षकबाट सरकारी सेवा प्रवेश गरेका पाण्डे निजामती प्रशासनमा शिक्षाका क्याडर हुन् ।

बालकृष्ण खाँण गृहमन्त्री बनेपछि उनलाई गृहसचिव बनाइएको थियो । गृह प्रशासनमा कुनै अनुभव नभएका व्यक्तिलाई सचिव बनाइएकोमा त्यो बेला आलोचना समेत भएको थियो ।

गृहमा रहेको समयमा पाण्डेले रजाइँ गरेका थिए । पछिल्लो समय गृहसचिवको रूपमा सुराकी खर्च धेरै लिनेमा उनी पहिलो नम्बरमा थिए ।

पाण्डेले गृहसचिव छँदा छुटपुट भएका भुटानी शरणार्थीको सूचीमा नेपालीहरूको नाम समेत समावेश गरेर ५० लाख लिएको बयान यसअघि पक्राउ परेका एक अभियुक्तले दिएका छन् । 

सचिव पाण्डे अर्घाखाँची राष्ट्रसेवक समाजका अध्यक्ष समेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्