२३ जेठ २०८३, शनिबार

व्यवसायी कँडेल मृत्यु प्रकरण : व्यवसायी रुङ्टा र चार्टर एकाउन्टेन्ट रावलविरुद्ध उजुरी

बैशाख २०, २०८०
व्यवसायी कँडेल मृत्यु प्रकरण : व्यवसायी रुङ्टा र चार्टर एकाउन्टेन्ट रावलविरुद्ध उजुरी

पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा दुई जनाविरुद्ध किटानी जाहेरी परेको छ । 

कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृत अवस्थामा भेटिएका थिए । परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविरुद्ध उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले राति सामाजिक सञ्जाल वारेसमार्फत उजुरी आएको बताए । 

कँडेल नेपाली कांग्रेस चितवनका महासमिति सदस्य  थिए । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले परिवारका तर्फबाट किटानी जाहेरी प्रहरी प्रमुख कार्कीको ह्वाटसवमा पठाएका हुन् ।

कँडेलले आत्महत्य अघि लेखेको नोट अध्ययन गरेर अर्को उजुरी दिएको सभापति खनालले जानकारी दिए। केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर व्यवसायी रुङ्टालाई बेचेका थिए । ​

शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । 

उजुरीपछि दुवै जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । 

कँडेल जिल्लाका लोकप्रिय थिए । भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवारमा दाबी गर्दै आएका उनी गठबन्धन बनेसँगै पछि तत्कालीन समयमा पछि हटेका थिए । उनी भरतपुर महानगरपालिका–८ निवासी रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्