१३ असार २०८३, शनिबार

ट्रम्पले पत्रकारको माइक खोसेको अनि विमानबाट निकालिदिएको आरोप

बैशाख २०, २०८०
ट्रम्पले पत्रकारको माइक खोसेको अनि विमानबाट निकालिदिएको आरोप

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले एनबीसीका एक संवाददातालाई माइक खोसेर आफ्नो विमानबाट निकालिदिएको भनी भ्यानिटी फेयर पत्रिकाले खबर दिएको छ । 

म्यानह्याटनका जिल्ला न्यायाधिवक्ता आल्भिन ब्रागले ट्रम्पविरुद्ध ल्याएको फौजदारी अभियोगका विषयमा एनबीसीका पत्रकारले प्रश्न सोधेपछि ट्रम्प पड्किएका हुन् । 

घटना गत मार्च २५ मा भएको हो । टेक्ससको वाकोमा निर्वाचन अभियान सकेपछि विमानमा चढेका ट्रम्पले त्यहाँ बसेका पत्रकारहरूसँग भलाकुसारी गरेका थिए । 

त्यसैक्रममा एनबीसी न्युजका पत्रकार भन हिलयार्डले म्यानह्याटन अभियोजनकर्ताको अनुसन्धानले ट्रम्पलाई निराश बनाएको बताए । त्यो सुनेपछि ट्रम्पको पारा तातेको थियो र उनले यस विषयमा अन्य कुनै पनि कुरा नसोध्न भनेका थिए । 

तैपनि हिलयार्डले अर्को प्रश्न सोध्न खोजेपछि ट्रम्प रिसाए अनि पत्रकारको माइक खोसेर एकातिर मिल्काइदिए । यसलाई यहाँबाट निकालिहाल् भनी उनी चिच्याए । 

हिलयार्डलाई ट्रम्पले विमानबाट निकालेको भनिए पनि ट्रम्पको निर्वाचन अभियानका प्रवक्ता स्टिभन चुङले कुनै अप्रिय घटना नभएको बताएका छन् । 

ट्रम्प अहिले जोडतोडका साथ सन् २०२४ को निर्वाचन अभियानमा होमिएका छन् । उनीविरुद्ध पोर्न अभिनेत्री स्टोर्मी डेनियल्सलाई मौन रहन पैसा खुवाएको अभियोगमा मुद्दा चलिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्