२८ जेठ २०८३, बिहीबार

दार्चुला हिमपहिरो अपडेट : खराब मौसमका कारण खोजीकार्य स्थगित

बैशाख २०, २०८०
दार्चुला हिमपहिरो अपडेट : खराब मौसमका कारण खोजीकार्य स्थगित

दार्चुलाको व्यास गाउँपालिका–१ मा गएको हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजीकार्य आजका लागि स्थगित गरिएको छ ।

खराब मौसमका कारण बुधवारका लागि खोजीकार्य स्थगित गरिएको डीएसपी एवं सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँच जना सम्पर्कविहीन बनेका थिए । बेपत्ता पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव बुधवार दिउँसो फेला परेको  थियो । प्रहरीका अनुसार अझै दुई जना बेपत्ता रहेका छन् ।

दार्चुलाको दुहु गाउँपालिका–४ की ३६ वर्षीया कमला कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीय नक्नी डोल्मा थापासहित ३ जनाको शव सशस्त्र प्रहरी बल नं. ५० गुल्म दार्चुलाबाट डीएसपी इश्वरीदत्त भट्टको कमाण्डमा खटिएको टोलीले हिउँ पहिरोबाट निकालेको प्रहरीले जनाएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्