×

NMB BANK
NIC ASIA

राजनीति

बालुवाटारमा रास्वपाबारे छलफल, प्रचण्डलाई रविसँग वार्ता गर्ने जिम्मा !

बैशाख २०, २०८०

NTC
Premier Steels

सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा सहभागी गराउनेबारे छलफल भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा रवि लामिछाने नेतृत्वको रास्वपालाई सरकारलाई सहभागी गराउनेबारे छलफल भएको हो । 

Muktinath Bank

त्यसका लागि गठबन्धनमा मन्त्रालय हेरफेर गर्नुपरे पनि तयार रहनुपर्ने मत बलियो बनेको छ । यद्यपि रास्वपा सरकारमा सहभागी हुन राजी भएको खण्डमा उसलाई कुन मन्त्रालय दिने भन्नेबारे चाहिँ सहमति जु्ट्न सकेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रास्वपाले आफ्ना कुराहरु साझा न्युनतम कार्यक्रममा राखिए र पुरानै मन्त्रालय पाउने अवस्था बनेमा सरकारमा सहभागी हुनसक्ने जनाउ दिएको छ । 
त्यसका लागि रविले उपनिर्वाचनपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो कुरा राखिसकेका छन् । तर, सरकारमै रहेका केही मन्त्रीको अडान र गठबन्धनभित्र पनि फरक फरक मत रहेकाले अन्यौलता भने रहेको नेताहरुको भनाइ छ । विशेषगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट हालै गृह मन्त्रालयमा सरुवा भएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले रविलाई गृहमन्त्री दिन नहुने अडान लिएको नेताहरुको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

श्रेष्ठले रास्वपालाई सरकारमा सामेल गराउन कोसिस हुने तर पहिलेकै मन्त्रालय भने दिन नसकिने संकेत गर्दै आएका छन् । यो भनेको उनले गृह मन्त्रालय नछाड्ने अडान लिएका गठबन्धनका एक नेताले बताए । 

Vianet communication

यस्तै रास्वपाले यसअघि पाएको शिक्षा, श्रम तथा रोजगार मन्त्रालय पनि सहजै पाउन सक्ने अवस्था नभएको बताइन्छ । एमालेले रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्दै वर्तमान सरकार ढाल्ने पासो थापेको चर्चा राजनीतिक वृत्तमा भइरहँदा बालुवाटारमा पनि रास्वपाबारे छलफल भएको हो । 

नेताहरुका अनुसार बैठकले रास्वपासँग छलफलका लागि प्रधानमन्त्री प्रचण्डलाई जिम्मेवारी दिएको छ । कांग्रेस तथा नेता संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीले छलफल गरिरहेको बताए ।  यो विषयलाई प्रधानमन्त्रीले नै नै सम्बोधन गरेर निष्कर्षमा पुर्‍याउने उनको भनाइ छ । 

सर्वोच्चको फैसलाअनुसार सभापति लामिछानेको सांसद पद जानुका साथै सत्ता समीकरणसमेत बदलिएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । 
उपनिर्वाचनबाट लामिछाने फेरि विजयी भएर आएसँगै गठबन्धनले फेरि रास्वपालाई सरकारमा ल्याउने पहल गरेको हो । गठबन्धनमा जसपाका अध्यक्ष उपेन्द्र यादवबाहेक सबै दल रास्वपालाई सरकारमा सहभागी गराउनुपर्ने पक्षमा देखिएको बैठक नेताले जानकारी दिए । 

अब प्रचण्ड नेतृत्वको सरकारमा जम्मा दुई मन्त्रालय मात्रै रिक्त रहेको अवस्था छ । यदि रास्वपालाई फेरि सरकारमा सहभागी गराउने परिस्थिति बनेमा दलहरुबीच भागबण्डा मिलाउन सकस पर्ने देखिन्छ । 
कांग्रेसभित्रको आन्तरिक लफडाकै कारण बुधबारमात्रै प्रचण्डले नवौँ पटक मन्त्रीपरिषद् विस्तार गर्दै तीन जना मन्त्री थपेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x