१३ असार २०८३, शनिबार

काँकडभिट्टाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात

बैशाख २१, २०८०
काँकडभिट्टाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात

काँकडभिट्टा नाका हुँदै चालू आर्थिक वर्षको ९ महिनामा १७ करोड रुपैयाँभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ ।

धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो । 

गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर १७ करोड ६८ लाख ६८ हजार रुपैयाँ बराबरको १० हजार १०३ मेट्रिक टन बन्दाकोभी भारत निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्देश्वर ठाकुरले जानकारी दिए ।

काँकडभिट्टा नाकाबाट खाद्यान्न तथा कृषिउपज निर्यात हुने गरेको उनले बताए ।

चालू आवको साउनदेखि चैत मसान्तसम्म सो नाकाबाट१६ अर्ब १९ करोड १७ लाख ३१ हजार रुपैयाँ बराबरको १ लाख ५६ हजार ९९२ मेट्रिक टन खाद्यान्न तथा कृषिउपज निर्यात भएको ठाकुरले जानकारी दिए । सोही अवधिमा काँकडभिट्टा नाका भएर ९ अर्ब ३० करोड ५८ लाख ८० हजार बराबरको ३ लाख ६ हजार १२८ मेट्रिक टन खाद्यान्न तथा कृषिउपज आयात भएको छ ।

नेपालबाट सबैभन्दा धेरै निर्यात हुने मालवस्तुमा क्रमशः अलैंची, चिया, प्लाइउड र अदुवा रहेको छ भने सबैभन्दा धेरै आयात हुनेमा तरकारी, फलफूल, सोयाबिन र आलु रहेको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्