
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई खोज्दै रुपन्देही प्रहरी सक्रिय भएको छ ।
अर्घाखाँचीमा कार्यक्रम सकेर सचिव रायमाझी रुपन्देही आएर बसेको सूचनाका आधारमा खोजी कार्य तीव्र पारिएको रुपन्देही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा रायमाझीको खोजी भइरहेको जानकारी दिए ।
सचिव रायमाझीका छोरा सन्दिपलाई भने प्रहरीले पक्राउ गरेर काठमाडौं आएको छ । सन्दिपलाई बिहीवारै जिल्ला अदालत काठमाडौंमा पेश गर्ने प्रहरीको तयारी छ ।