०८ साउन २०८३, शुक्रबार

गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा निः शुल्क सर्भिस क्याम्प

बैशाख २१, २०८०
गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा निः शुल्क सर्भिस क्याम्प

नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले नुवाकोटमा तीन दिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ । आफ्नो आधिकारिक बिक्रेता गणपति इन्टरप्राइजेजमार्फत नुवाकोटस्थित सागर रिमाल मोटरसाइकल वर्कसपमा सो क्याम्प वैशाख १६ देखि १८ गतेसम्म सञ्चालन गरिएको थियो ।

नयाँ वर्षलाई लक्षित क्याम्पमा सहभागी मोटरसाइकल र स्कुटरका ग्राहकलाई आकर्षक नयाँ वर्ष अफर पनि प्रदान गरिएको थियो । सो अफर अन्तर्गत लुब्रिकेन्टमा ५ प्रतिशत र स्पेयर पार्ट्स खरिदमा ७ प्रतिशतसम्मको आकर्षक छुट उपलब्ध गराइएको थियो ।

जलपानको समेत व्यवस्था गरिएको क्याम्पमा ८० जना भन्दा धेरै सहभागी भएको लिमिटेडले जनाएको छ । वर्कसपका संचालक सागर रिमालले गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा पहिलोपटक आयोजना गरेको क्याम्पमा ग्राहकहरुको उत्साहपूर्ण सहभागिता रहेको जानकारी दिए । उत्कृष्ट सर्भिस र आकर्षक अफरका कारण ग्राहकहरु निकै हर्षित भएका उनको भनाइ थियो । आगामी दिनमा पनि यस्तै क्याम्प संचालन गर्न प्रेरणासमेत उनले बताए ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँदै आएको छ । नेपालमा गल्फ ब्रान्ड विगत ३८ वर्षदेखि लगातार ग्राहक वर्गको रोजाइमा पर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्