
एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
नक्कली शरणार्थी प्रकरणमा छानबिनका लागि हिरासतमा राख्न जिल्ला अदालतले बिहीवार अनुमति दिएको हो ।
सन्दीप बुधवार बुटवलबाट पक्राउ परेका थिए ।
छुटपुट भएका शरणार्थीको स्थानमा नक्कली शरणार्थी बनाई अमेरिका पठाउने धन्दामा संलग्न भएको आरोप सन्दीपमाथि छ ।
उनको नाममा काटिएको डेढ करोडको चेक समेत भेटिएको छ । यस प्रकरणमा टोपबहादुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे लगायत पक्राउ परिसकेका छन् ।