
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा लागेको आरोपमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।
ओलीसँग भेट्नुअघि प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका थिए ।
पहिले माओवादीमै रहेका रायमाझी नेकपा विभाजनपछि एमालेतिर लागेका थिए ।