११ साउन २०८३, सोमबार

सुवास नेम्वाङसहित रमेश लेखक र मनिष झासमेत युरोपमा, आज परराष्ट्रमन्त्री पुग्‍ने

एनआरएनए युरोपियन क्षेत्रीय बैठक
बैशाख २३, २०८०
सुवास नेम्वाङसहित रमेश लेखक र मनिष झासमेत युरोपमा, आज परराष्ट्रमन्त्री पुग्‍ने

युरोपेली देश चेक रिपब्लिकको प्राग शहरमा गैर आवासीय नेपाली संघ(एनआरएनए)को १५औँ युरोपियन क्षेत्रीय बैठक चलिरहेको छ। तीन दिनसम्म चल्ने बैठक शुक्रबारदेखि शुरू भएको हो । 

बैठकमा एनआरएनए युरोपलगायत अमेरिका, बेलायत, कतारदेखि यसका अभियन्ता तथा सदस्यहरू सहभागी छन्। कार्यक्रममा डायस्पोरामा रहेका नेपालीहरूको साझा समस्याको बारेमा छलफल हुनेछ। एनआरएनएको महिला र युवा फोरमले महिलाहरूका बारेमा र युवापुस्ताका बारेमा छुट्टाछुट्टै छलफल चलाउनेछन्। 

बैठकको उद्घाटन समारोह नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङले गरेका थिए । समारोहमा नेम्वाङसँगै कांग्रेस सांसद रमेश लेखक, रास्वपा सांसद मनिष झा, जर्मनीका  लागि नेपाली राजदूत रामकाजी खड्का लगायतको उपस्थिति थियो । 

null

कार्यक्रमको उद्घाटन गर्दै नेम्वाङले आफू नेपाली डायस्पोरासँग परिचित रहेको भन्दै दोहोरो नागरिकतालगायत विषयमा सधैँ सकरात्मक भएको बताए। 

कांग्रेस सांसद लेखकले नेपालीलाई नेपालसँग जोड्ने एनआरएनएको अभियानमा साथ दिन आफू र आफ्नो दल प्रतिवद्ध रहेको बताए । 

त्यस्तै राष्ट्रिय स्वतन्त्रत पार्टीका सांसद मनिष झाले डायस्पोरामा रहेका नेपालीहरूबाट आफूले केही सिक्न चाहेको बताए ।

आज परराष्ट्र मन्त्री एनपी साउद आउने कार्यक्रम रहेको एनआरएनएले जनाएको छ। 

अतिथिलाई एनआरएनए चेक रिपब्लिकका अध्यक्ष यदुराम पन्थीले स्वागत गरेका थिए भने कलाकारहरू खड्क न्यौपाने, मल्लिका कार्की,लगायतले सांगितिक प्रस्तुतिसमेत दिएका थिए। 

कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष कुमार पन्त, एनआरएनए युरोप सन्योजक चिन्तामणि सापकोटा, एनआरएनएका कार्यकारी अध्यक्ष डा बद्री केसी, अर्का अध्यक्ष कुल आचार्य लगायतको उपस्थिति रहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्