१० साउन २०८३, आइतबार

‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जो कोहीलाई कारबाही गर्नुपर्छ : उपाध्यक्ष महरा

बैशाख २३, २०८०
‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जो कोहीलाई कारबाही गर्नुपर्छ : उपाध्यक्ष महरा

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । 

शनिबार आयोजित कार्यक्रममा सो पार्टीका प्रवक्तासमेत रहेका उपाध्यक्ष महराले सो प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए । उनले भने, “नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही हुने विषयमा कुनै पनि खालको भेदभाव हुनु हुँदैन, सरकारले सबैलाई कारबाही गर्नुपर्छ ।”
 
उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि वर्तमान सरकार बहुमतमै रहेको बताउँदै सो पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकारलाई असर नपर्ने दाबी गरे ।

उपाध्यक्ष महराले समाजवादी मोर्चा घोषणाका लागि आफूहरु प्रयासरत रहेको बताउँदै त्यसका लागि नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, विप्लब नेतृत्वको नेकपासहितका छ वटा राजनीतिक पार्टीबीच छलफल चलिरेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्