शनिवार बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा एउटा घोडा बिच्किएर भीडमा पसेको भिडियो भाइरल भइरहेको छ ।
उक्त घोडा उभिरहेका सैनिकहरूको जत्थामा पसेको थियो र भीडलाई तितरबितर बनाएको थियो । घोडामा सवार सैनिकले त्यसलाई नियन्त्रणमा लिनका लागि कोशिश गरेको भए पनि त्यो काबुमा आउन समय लाग्यो ।
राजा वेस्टमिन्स्टर एबेबाट बकिङघम राजदरबार फर्किएलगत्तै भएको हो । वेस्टमिन्स्टर एबेमा राजालाई मुकुट पहिर्याइएको थियो ।
घोडाले धातुबाट बनेको ब्यारियर समेत भत्काइदिएको थियो ।
घटनामा कसैलाई पनि चोट लागेन तर स्ट्रेचर चाहिँ घटनास्थलमा लगिएको थियो ।
राजा चार्ल्स र रानी क्यामिला ६ वटा सेता घोडाले चलाएको बग्गीमा सवार थिए । ती घोडाहरूलाई तीनजनाले चलाइरहेका थिए ।
बग्गीको पछिल्लो भागमा दुईजना सैनिक सवार थिए । बग्गीको अघि र पछि घोडसवार सैनिकहरूको जत्था थियो ।
During today's coronation of the British King Charles the Third, an agitated horse, which was part of the royal procession, ran into the audience watching the event on the streets of London pic.twitter.com/29RXPOwK2e
— Spriter (@Spriter99880) May 6, 2023