१४ असार २०८३, आइतबार

नेपाली नागरिकता बनाउने १० जना भारतीय नागरिक सार्वजनिक

बैशाख २४, २०८०
नेपाली नागरिकता बनाउने १० जना भारतीय नागरिक सार्वजनिक

प्रहरीले नेपाली नागरिकता बनाउने १० जना भारतीय नागरिकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा उनीहरुले नक्कली कागजात पेश गरेर वंशजको आधारमा नेपाली नागरिकता बनाएको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

पक्राउ पर्नेमा भरतप्रसाद गुप्ता, ज्ञानमती देवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता,भरत गुप्ता, स्नेहलता गुप्ता, रामप्रवेश गुप्तालगायत रहेका छन् । 

उनीहरूलाई लामो अनुसन्धानपछि राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको कार्यालयका प्रमुख मनोज केसीले जानकारी दिए । उनीहरु राजधानीमा विभिन्न पेशा व्यवसायमा संलग्न रहँदै आएको खुलेको छ । 
भारतीयहरूले  सिरहा, बारा, पर्सा, रुपन्देहीलगायतका जिल्लाका प्रशासनमा फर्जी काजगात पेश गरेर नागरिकता लिएको खुलेको भन्दै प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्