
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेतृत्वको कार्यशैलीको चर्को आलोचना गरेका छन् । उनले पछिल्लो समय पार्टीबाट सरकारमा पठाइएका मन्त्रीबारे असन्तु्ष्टि पोख्दै अब अति भएको टिप्पणी गरेका हुन् ।
‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ’, थापाले सामाकि सञ्जालमार्फत भनेका छन्, ‘तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट ९ जनालाई सरकारमा पठाउँदा थापा पक्षका समेटिएका छैनन् । यस्तै समावेशितालाई समेत नजरअन्दाज गरिएपछि थापा असन्तुष्ट बनेको बताइएको छ ।