२६ असार २०८३, शुक्रबार
संसद् बैठक

नक्कली शरणार्थी प्रकरण : उच्चस्तरीय छानबिन आयोग बनाउन कांग्रेस सांसदको माग

बैशाख २५, २०८०
नक्कली शरणार्थी प्रकरण : उच्चस्तरीय छानबिन आयोग बनाउन कांग्रेस सांसदको माग
फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नक्कली शरणार्थी प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् । सोमवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले शरणार्थी प्रकरणले राष्ट्रलाई लज्जित बनाएको भन्दै पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका हुन् । 

‘बंगलादेशकी पूर्वप्रधानन्त्री बेगम खाँलिदाजिया, पाकिस्तानका पूर्व प्रधानमन्त्री नवास सरिफ र दक्षिण अफ्रिकामा ज्वाकोब जुमामाथि कारवाही भएको छ’ केसीले भने, ‘अहिले यो काण्ड (शरणार्थी प्रकरण)ले राष्ट्रलाई लज्जित बनाउने काम गरेको छ । जो जहाँ जुनसुकै पदमा भए पनि यो काण्डलाई भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वत्वमा निष्पक्ष, पारदर्शी र स्वतन्त्र सर्वाधिकार सम्पन्न आयोग गठन गरेर निश्चित समयमा छानबिन गर्ने कार्यादेश तोकौँ।’ 

शरणार्थी प्रकरणमा एमाले सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने आरजु देउवा, मञ्जु खाणलगायत कांग्रेसका नेताहरू तानिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्