
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले समयमा कार्यालय नपुग्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । सोमवार बिहान मन्त्रालयअन्तर्गतका विभागको निरीक्षण गर्दा केही कमर्चारी समयमै नपुगेको पाइएपछि उनले यस्तो चेतावनी दिएका हुन् । उनले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्नेसमेत बताएका छन् ।
'बिहान १० बजे मन्त्रालयका सम्पूर्ण विभागहरूमा गएर हेर्दा धेरै ठाउँमा समयमा कर्मचारीहरू कार्यालय नपुगेको देखियो,' उनले भनेका छन्, 'हामी सबै जनताको सेवा गर्न बसेका हौं । समयमा कार्यालय नपुगे समयमा जनतालाई सेवा दिन । समयमा कार्यालय नपुग्ने कर्मचारीलाई कारवाही र राम्रो काम गर्नेलाई पुस्कृत पनि गर्ने छौं ।'
उनले यो अभियान मन्त्रालयअन्तर्गताका प्रदेश र स्थानीय तहको वडासम्म सबैको निरीक्षण हुने बताए ।