
आर्थिक वर्ष २०८०/०८१ को बजेटका प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) छलफल चलिरहेको समयमा अर्थमन्त्री डा. प्रकाशशरण महत संसदमा उपस्थित नभएपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
मन्त्री महतले हिजो पेश गरेको प्रि–बजेट छलफल सोमवार चलिरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले संसदमा अर्थमन्त्री चाहिने भनेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
१५ मिनेटका लागि स्थगित भनिए पनि सोमवार दिउँसो सवा २ बजेसम्म बैठक शुरू भएको छैन ।
बैठक स्थगित गरेर सचिवालयले अर्थमन्त्रीलाई संसदमा उपस्थित हुन आग्रह गरेको छ ।