३१ असार २०८३, बुधबार

पाँच सय र हजारका नोट बन्द गर्न माग

बैशाख २५, २०८०
पाँच सय र हजारका नोट बन्द गर्न माग

राष्ट्रिय सभा सदस्य कमला पन्तले पाँच सय र हजार दरका नोट बन्द माग गरेकी छन् । सोमवार राष्ट्रिय सभाको बैठकमा सरकारले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे बोल्दै उनले पाँच सय र हजार दरका नोट बन्द माग गरेकी हुन् ।

अर्थतन्त्र उकास्न पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउनुपर्ने उनको भनाइ छ । 'बोरामा बाँधेका पैसालाई ५ सय र हजारका नोटलाई बन्द गरौँ । यदी हामीले समस्या बुझेका छौँ र सकिन्छ र हिम्मत छ भने यत्ति गर्नसके पलायन हुँदै गएको अर्थतन्त्रबाट बच्न सक्छौँ,' उनले भनिन्, 'राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दा किन जहिल्यै नकारात्मक गर्छ ? रुन्चे कुराले हुन्छ ।’

उनले सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै सरकारले गर्नसक्ने काममात्रै उल्लेख गर्न आग्रह गरिन् । ‘हामी बिरालो बाँधेर श्राद्ध गर्नेतिर नजाऔँ । ठ्याक्कै के गर्ने हो त्यो भनौँ,' उनले भनिन्, 'किसानको उत्पादन राज्यले किन्छ भन्ने हो भने किसानले उत्पादन बढाउँछ । सडकमा लगेर उत्पादन पोख्ने भए किन बढाउने ?'

salt training

कमेन्ट गर्नुहोस्