३० असार २०८३, मंगलबार

'प्रि-बजेट'मा वामदेवको टिप्पणी : गर्छौं र हुनेछ बाहेक केही छैन

बैशाख २५, २०८०
'प्रि-बजेट'मा वामदेवको टिप्पणी : गर्छौं र हुनेछ बाहेक केही छैन
फाइल तस्बिर

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बजेटका सिद्धान्त र प्राथमिकता नागरिकको आँखामा छारो हाल्न ल्याइएको टिप्पणी गरेका छन् । सोमवार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलमा सहभागी हुँदै उनले सिद्धान्त र प्राथमिकता विरोध गर्नुपर्ने र समर्थन गर्नुपर्ने कुनै ठाउँ नरहेको जिकिर गरे । 

उनले बजेटका सिद्धान्त र प्राथमिकतामा गर्छौं र हुनेछ बाहेक अरु नभएको बताए । बजेटका सिद्धान्त र प्राथमिकता लागू गर्ने हो भने ४५ खर्ब भन्दा कमी रकमले नहुने उनले स्पष्ट पारे । 

'आर्थिक वर्ष २०८० का सिद्धान्त र प्राथमिकता हेर्दा विराधै गर्नुपर्ने केही पनि छैन । समर्थन गर्नैपर्ने हो भने दुई/तीन वटा बाहेक अरु केही छैन,' उनले भने, , 'यसमा गरिनेछ, हुनुपर्छबाहेक केही पनि छैन । यो सिस्टम २०१५ सालदेखि शुरू भएको अन्त्य भएको छैन । मानिसलाई छक्याउने बाहेक केही पनि छैन ।’

सदस्य गौतमले दुई/दुई महिनामा सरकार परिवर्तन गर्नु लज्जास्पद भएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जान आवश्यक रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्