
दार्चुलाको व्यास गाउँपालिकामा गएको हिमपहिरोमा बेपत्ता भएका मध्ये थप एक जनाको शव फेला परेको छ ।
गत वैशाख १९ गतेको हिमपहिरोमा हराइरहेका मध्ये जोरायल गाउँपालिका २ की २८ वर्षीया ईश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं. ५० गुल्म छङ्रुको टोलीले साेमवार फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यसअघि अन्य ३ जनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको हो ।
योसँगै ४ जनाको शव फेला परेको छ भने एक महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।