२३ असार २०८३, मंगलबार

युक्रेनमा नयाँ हतियार उपयोग गर्दै रुस, किएभले प्रत्याक्रमणमा पुनर्विचार गर्नुपर्ने

बैशाख २५, २०८०
युक्रेनमा नयाँ हतियार उपयोग गर्दै रुस, किएभले प्रत्याक्रमणमा पुनर्विचार गर्नुपर्ने

रुसले युक्रेनविरुद्ध गत मार्च २४ मा ११ वटा ग्लाइड बम उपयोग गरेको खुलेको छ । 

ग्लाइडिङ बमहरूमा विशेष पखेटा जडान गरिएको हुन्छ । त्यसले गर्दा तिनीहरूलाई व्यापक दायरामा फैलिन, एकदमै कम उचाइमा उड्न र रेडारको नियन्त्रणमा रहेका हवाई प्रतिरक्षालाई छल्न समेत सहयोग गर्छ । 

युक्रेनी वायुसेनाका प्रवक्ता कर्नेल युरी इहनातले बेलायतको टेलिग्राफ पत्रिकासँग कुराकानी गर्दै यी बमहरूले निकै गम्भीर जोखिम तेर्स्याएको बताए । 

यी बमको दायरा व्यापक भएकाले रुसी जेट विमानहरूलाई युद्धभूमिमा अतिरिक्त जोखिम मोल्नु नपर्ने भएको छ । 

युक्रेनले रुसविरुद्ध प्रत्याक्रमण कारवाही थाल्ने भनी अपेक्षा गरिँदा युक्रेनी र पश्चिमी विश्लेषकहरूले रुसको नयाँ हतियारलाई विचार गर्दै किएभको युद्ध योजनामा परिवर्तन गरिनुपर्ने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्