०२ साउन २०८३, शनिबार

सुडानमा संघर्षरत दुई पक्षबीचको वार्तामा भएन प्रगति

बैशाख २५, २०८०
सुडानमा संघर्षरत दुई पक्षबीचको वार्तामा भएन प्रगति

सुडानमा संघर्षरत दुई सैन्य पक्षबीच साउदी अरबमा भएको वार्तामा कुनै उल्लेख्य प्रगति नभएको एक साउदी अधिकारीले सोमवार जनाएका छन् । 

लडाइँ अन्त्य हुने आशामा यसले तुषारापात गरेको छ । 

सुडानका सेनाप्रमुख अब्देल फत्तह अल–बुरहान र उनका प्रतिस्पर्धी अर्धसैनिक बलका प्रमुख मोहम्मद हमदान दाग्लोले जेद्दाहमा आफ्ना प्रतिनिधिलाई वार्ताका लागि पठाएका थिए । अमेरिका र साउदीले यसलाई सम्झौतापूर्वको वार्ता भनेका छन् । 

यस वार्तामार्फत अल्पकालीन रूपमा लडाइँ रोक्ने, सहायता आपूर्तिको वातावरण बनाउने, आधारभूत सेवालाई पुनर्बहाली गर्ने र स्थायी युद्धविरामका लागि सम्झौता गर्ने लक्ष्य लिइएको छ । 

दुवै पक्षले सहायता सामग्री उपलब्ध गराउनका लागि सहजीकरण गर्ने सुरक्षा उपायका विषयमा छलफल थालेका छन् । तर एक साउदी कूटनीतिकर्मीले यसमा उल्लेख्य प्रगति नभएको बताएका छन् । 

संयुक्त राष्ट्रसंघका शीर्ष अधिकारी मार्टिन ग्रिफिथ्स आइतवार जेद्दाह पुगेका छन् । उनले युद्धरत दुवै पक्षलाई भेट्ने कार्यक्रम छ । तर शान्ति प्रक्रियामा उनको भूमिका स्पष्ट छैन ।

salt training

कमेन्ट गर्नुहोस्