२० असार २०८३, शनिबार

संवैधानिक परिषद्को बैठक बस्दै

बैशाख २५, २०८०
संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक परिषद्को बैठक बस्दै छ ।

साँझ ६ बजे बस्ने गरी प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् । 

सर्वोच्च अदालत लामो समयदेखि कामु प्रधानन्याधीशको भरमा चलिरहेको भए पनि सरकारले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन ।

नेपाल बारले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि दवाव दिइरहेको बेला आज बोलाइएको संवैधानिक परिषद्को बैठकले सकारात्मक निर्णय लिने विश्वास लिइएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे,  उपसभामुख इन्दिरा राना र कानूनमन्त्री धनराज गुरुङलगायतको उपस्थिति रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्