०४ साउन २०८३, सोमबार

वरिष्ठ प्रहरी अधिकृत सहितको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान

बैशाख २५, २०८०
वरिष्ठ प्रहरी अधिकृत सहितको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान

लिडरशीप एक्सजेन्ज कार्यक्रममा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली सोमबार अमेरिका प्रस्थान गरेको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यसँगै कार्यक्रममा सहभागी हुने टोलीका अन्य सदस्यहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्र बहादुर धामी र प्रहरी उपरीक्षक सन्तोष खड्का रहेका छन् । 

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी नायव महानिरीक्षक लगायत प्रहरी अधिकृतहरूले शुभकामनासहित विदाइ गरे । 
वैशाख २७ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी. र न्यूयोर्कमा संचालन हुने उक्त कार्यक्रममा भाविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद,  डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण र यस सम्बन्धी ज्ञान तथा अनुभव आदान प्रदान हुने छ । कार्यक्रमबाट नेपाल र मित्रराष्ट्र अमेरिकाका सुरक्षा निकायहरूबीचको सम्बन्ध सुमधुर हुने अपेक्षा गरिएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्