२० असार २०८३, शनिबार

अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सेवा

बैशाख २६, २०८०
अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सेवा
प्रतिकात्मक तस्वीर

कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनलाइनबाटै राजस्व भुक्तानीको शुरूआत गरेको छ ।

सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत पालिकाले अनलाइन भुक्तानी सेवा थालनी गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पंगेनी र अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले संयुक्त रूपमा अनलाइन सेवाको  शुभारम्भ गरेका हुन् ।

सेवाग्राहीले अब गाउँपालिकाको करदाता ‘पोर्टल’ खोलेर आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्ने छन् । हाल कनेक्ट आईपीएस र ईसेवासँग सम्झौता गरेर राजस्व भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत इन्जिनीयर सूर्य तिमिल्सिनाले जानकारी दिए ।

स्थानीय तह भुक्तानी विकल्पमा गएर अन्नपूर्ण गाउँपालिका छनौट गरी सिधै भुक्तानी समेत गर्न सकिने ई. तिमिल्सिनाले बताए ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसीले प्रविधिको युग भएकाले त्यसैअनुसार आफूहरू अगाडि बढिरहेको बताए । प्रविधिको प्रयोगले समग्र कार्यसम्पादन र सेवा प्रवाहमा सुधार ल्याउने भएकाले प्रविधिलाई आत्मसात् गरेको उनको भनाइ थियो ।

यसअघि नै गाउँपालिकाले क्यूआर कोडमार्फत भुक्तानी लिएर बिल काट्न शुृ गरेको थियो । यसका लागि पालिकाको कार्यालय जानैपथ्र्यो । अब भने त्यो बाध्यता हटेको छ । हालसम्म यसअघि कार्यालयमै पुगेर कर तिरेका ३५ सयभन्दा बढी करदाता प्रणालीमा आवद्ध भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्