०७ साउन २०८३, बिहीबार
शीर्ष नेता भेट

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा 'ब्याक टु ब्याक' भेटवार्ता

बैशाख २६, २०८०
प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा 'ब्याक टु ब्याक' भेटवार्ता

प्रमुख दलका शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच ​मंगलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । 

शीर्ष तीन नेताबीचको भेटवार्ता अहिले जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए । 

उनका अनुसार शीर्ष तीन नेताबीचको छलफल ९ बजेबाट शुरू भएको हो ।

यस्तै अध्यक्ष केपी ओली  बैठकमा सहभागी हुन बालुवाटार गएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

उनीहरूबीच कुन विषयमा कुराकानी हुँदैछ भन्ने खुलाइएको छैन । छलफलको विषय आफूलाई पनि जानकारी नभएको बजगाईंले बताए । 

शीर्ष तीन नेताबीच गत आइतवार पनि बालुवाटारमै भेटवार्ता भएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तरंगित भइरहेका बेला उनीहरूको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

शरणार्थी प्रकरणमा कांग्रेस-एमालेका नेताहरू समेत मुछिएका छन् ।

कमेन्ट गर्नुहोस्