राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रकम लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८÷७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिमा समेत रकम प्राप्त भएको उल्लेख छ ।
तर निर्वाचन आयोगले भने राजनीतिक नियुक्तिका नाममा रकम लिएको उल्लेख भए पनि राजनीतिक रूपमा नियुक्त भएका व्यक्तिबाट लेभीका रूपमा लिइएको रुपैयाँ आम्दानी शीर्षकमा राखिएको हुनसक्ने दाबी गरेको छ । नेकपा (एमाले) ले बुझाएको लेखा परीक्षण प्रतिवेदनमा आय अन्तर्गत राजनीतिक नियुक्ति शीर्षकमा २५ लाख रुपैयाँ देखाएको छ । गोरखापत्रमा यसबारे खबर छापिएको छ ।