२८ असार २०८३, आइतबार

नक्कली शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका १२ जना को–को हुन् ?

बैशाख २७, २०८०
नक्कली शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका १२ जना को–को हुन् ?

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर करोडौ ठगी गर्ने गिरोहका १२ सदस्य पक्राउ परेका छन् ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ परेसँगै यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परेका हुन् ।

प्रहरीले यस अघि बहालवाला सचिव एवं पूर्व गृहसचिव टेकनारायण पाण्डे, गोविन्द चौधरी, रामशरण केसी, केशव दुलाल, सानु भण्डारीलाई पक्राउ गरिसकेको छ ।

त्यस्तै, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्देश शर्मा, सागर राई, टंककुमार गुरूङ र टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि पक्राउ परिसकेका छन् ।

प्रहरीले पक्राउ पूर्जी जारी गरे पनि नेकपा एमालेका सचिव टोपबहादर रायमाझी भने फरार छन् । 

salt training

कमेन्ट गर्नुहोस्