
नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रष्टाचारका कारण आम नागरिकहरू पीडित बनेको बताएका हुन् ।
भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको उनको भनाइ छ । उनले भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको बताए ।
‘मुलुकमा भ्रष्टाचार व्याप्त छ । आम मानिसहरू यसबाट साह्रै पीडित छन्,' उनले भने, 'भ्रष्टाचारको कारण मुलुकको अर्थतन्त्र अस्तव्यस्त छ । भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भएको छ, विकासका कामहरू रोकिएका छन्, । भ्रष्टाचारको कुरा नमिल्दा अड्किएका छन् ।'