२१ जेठ २०८३, बिहीबार
शीर्ष नेताको बैठक

शरणार्थी प्रकरणको राजनीतिक भूकम्प : प्रचण्ड, देउवा र ओलीबीच फेरि सिंहदरबारमा भेट

बैशाख २७, २०८०
शरणार्थी प्रकरणको राजनीतिक भूकम्प : प्रचण्ड, देउवा र ओलीबीच फेरि सिंहदरबारमा भेट

शरणार्थी प्रकरणले राजनीतिक भूकम्प नै ल्याइरहेका बेला प्रमुख तीन दलका शीर्ष नेता फेरि छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

तीन नेताबीच छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले लोकान्तरलाई जानकारी दिए ।

यसअघि मंगलवार पनि तीन शीर्ष नेताको बैठक बसेको थियो ।

त्यसको भोलिपल्टै (बुधवार) पूर्वगृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण पक्राउ गरेका छन् भने एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

आजको बैठकको एजेन्डा नखुलाए पनि धेरैले यही प्रकरणसँग जोडेर हेरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्