
दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो शहीद’ मुकेश कायस्थको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् ।
कायस्थको निधनपछि प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो शहीद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।’
कायस्थको उपचारका क्रममा बुधवार राति निधन भएको हो । लामो समयदेखि उनी बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत रहेका थिए ।