०९ असार २०८३, मंगलबार

युद्धका कारण ७० लाख युक्रेनीहरू विस्थापित

बैशाख २८, २०८०
युद्धका कारण ७० लाख युक्रेनीहरू विस्थापित

सन् २०२२ मा शुरू भएको रुस–युक्रेन द्वन्द्वका कारण युक्रेनी सर्वसाधारणले अनेकौं समस्या बेहोर्नुपरेको छ । 

कम्तीमा ७० लाख युक्रेनी आन्तरिक रूपमा विस्थापित भएको बताइएको छ । अनि लाखौं मानिस युक्रेन छोडेर पलायन पनि भइसकेका छन् । 

युक्रेनी उपप्रधानमन्त्री इरिना वेरेश्चुकले रुसी आक्रमणका कारण लाखौं युक्रेनीहरूलाई खान बस्न नै संकट परेको बताइन् । युद्धप्रभावित क्षेत्रबाट एक लाख १८ हजार मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको युक्रेनको सरकारी समाचार संस्थाले खबर दिएको छ । 

एक वर्षको अवधिमा रुसी आक्रमणका कारण युक्रेनको १३८ अर्ब डलर बराबरको पूर्वाधार नष्ट भएको छ । 

किएभ स्कूल अफ इकोनोमिक्सका अनुसार, डिसेम्बर २०२२ सम्म रुसी आक्रमणका कारण एक लाख ४९ हजार ३०० आवासीय भवन पूरै नष्ट वा आंशिक क्षतिग्रस्त भएका छन् । त्यस्तै तीन हजारभन्दा बढी शिक्षण संस्था र ११ सयभन्दा बढी अस्पताल ध्वस्त भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्