०७ साउन २०८३, बिहीबार

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दलहरूलाई आयोगको निर्देशन

बैशाख २८, २०८०
लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दलहरूलाई आयोगको निर्देशन

निर्वाचन आयोगले आर्थिक वर्ष २०७८/८९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।

वैशाख २७ गतेको आयोगको निर्णयअनुसार तोकिएको समयसीमा भित्रै लेखापरीक्षण प्रतिवेदन पेस गर्ने ८२ राजनीतिक दललाई आयोगमा पेस गरेको लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, ईन्सटाग्राम) का माध्यमबाट सार्वजनिक गर्ने निर्देशन दिएको हो । 

यस्तै प्रतिवेदन सार्वजनिक गरेको गरेको सात दिनभित्र त्यसको जानकारी आयोगमा पठाउन समेत आयोगले निर्देशन दिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नु पर्ने कानूनी व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्