३१ जेठ २०८३, आइतबार

एमालेले दियो टोपबहादुरलाई निलम्बन गर्नुको कारण

बैशाख २८, २०८०
एमालेले दियो टोपबहादुरलाई निलम्बन गर्नुको कारण

नेकपा एमालले नक्कली शरणार्थी ठगी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्नुको कारण दिएको छ ।

केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आउँछु भनेर पनि नआएपछि अनुसन्धानमा सहयोग गर्न रायमाझीलाई निलम्बन गर्नुपरेको बताए ।

‘उहाँलाई अनुसन्धानमा सघाउन पार्टीले निर्देशन दिए पनि उहाँ सम्पर्कमा आउनुभएन’ उनले भने, ‘विधि र कानूनी शासन मान्ने पार्टी भएकोले अनुसन्धानलाई सहयोग गर्न हामी तयार भएका हौं ।’

यद्यपि रायमाझी एमालेको सम्पर्कमा नरहेको दाबी उनले गरे ।

अघिल्लो बुधवार ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएकै दिन एमाले अध्यक्ष केपी ओलीलाई आफू अनुसन्धानमा सहयोग गर्न तत्पर रहेको भन्दै काठमाडौं आउने बताएका थिए । तर एक हप्ता बेपत्ता भएपछि बुधबार एमालेले उनलाई निलम्बन गरेको थियो ।

पूर्व गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण यही ठगी प्रकरणमा समातिएपछि एमालेलाई पनि नैतिक संकट परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्