२७ असार २०८३, शनिबार

४ वर्षको उमेरमै किताब लेखेर यी बालकले बनाए कीर्तिमान (भिडियो)

बैशाख २९, २०८०
४ वर्षको उमेरमै किताब लेखेर यी बालकले बनाए कीर्तिमान (भिडियो)

संयुक्त अरब अमिरात (यूएई) का सईद राशेल अलमहैरी पुस्तक प्रकाशित गर्ने सबभन्दा कान्छा उमेरका व्यक्ति बनेका छन् । 

जम्मा ४ वर्ष २१८ दिन पुगेका सईदले दी एलिफेन्ट सईद यान्ड द बीयर नामक बालपुस्तक निकालेका छन् । उनको किताब १ हजार प्रतिभन्दा बढी बिकिसकेको बताइएको छ । 

गिनिज बूक अफ वर्ल्ड रेकर्ड्सले उनको कीर्तिमानलाई गत मार्च ९ मा प्रमाणित गरेको छ । 

उनको पुस्तकमा करुणा तथा दुई पशुबीचको अनपेक्षित मित्रताको कथा छ । 

उनकी दिदी अलधाबीले ८ वर्ष २३९ दिनको हुँदा दुईवटा भाषाको पुस्तक प्रकाशन गरी अर्को गिनिज कीर्तिमान बनाएकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्