२१ जेठ २०८३, बिहीबार

उम्मेदवारले बुझाएको खर्च विवरणको लेखा परीक्षण गराउने तयारी

बैशाख ३१, २०८०
उम्मेदवारले बुझाएको खर्च विवरणको लेखा परीक्षण गराउने तयारी

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारले बुझाएको खर्च विवरणको लेखा परीक्षण गराउने भएको छ । उम्मेदवारले आयोगमा बुझाएको खर्च विवरण तोकिएको खर्च सीमाको परिधिभित्र छन् । 
तर उम्मेदवारले चुनाव जित्न सीमाभन्दा बाहिर गएर खर्च गरेको गुनासो बढेपछि आयोगले प्रतिनिधिमूलक लेखा परीक्षण गराउने तयारी गरेको हो । आयोग सम्बद्ध उच्च स्रोतले भन्यो, “राजनीतिक दलले निर्वाचन महँगो भयो भन्ने गुनासो गर्दै आएका छन् ।

अर्कोतिर दलकै उम्मेदवारले सीमाभन्दा धेरै बाहिर गएर खर्च गर्ने प्रवृत्ति देखियो । उक्त प्रवृत्तिलाई रोक्न उम्मेदवारले बुझाएको खर्च विवरणको परीक्षण गरिन्छ । छिट्टै यससम्बन्धी निर्णय हुनेछ ।” सीमाभन्दा बाहिर गए रकमकै बलमा चुनाव जित्ने प्रवृत्तिले प्रोत्साहन पाउँदा निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा प्रश्न उठाउँदै आएका छन् । तर आयोगले अब खर्च विवरणको वास्तविकता आउने गरी लेखा परीक्षण गराउने तयारी गरेको हो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्