×

NMB BANK
NIC ASIA

शीर्ष नेता भेट

संसदीय समितिमा तीन दलबीच भागबण्डा : एमालेलाई लेखा र कांग्रेसलाई राज्य व्यवस्था

पूर्वाधार विकास समिति माओवादीले पाउने सहमति

बैशाख ३१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख तीन दलबीच संसदीय समितिका सभापतिको भागबण्डा मिलेको छ । संसदीय दलका प्रमुख सचेतकसहित बालुवाटारमा आइतवार बसेको नेपाली कांग्रेस, नेकपा एमाले र सरकारको नेतृत्वकर्ता नेकपा माओवादीका शीर्ष नेताको बैठकले संसदीय समितिको भागबण्डामा सहमति जुटाएको हो । 

Muktinath Bank

तीन दलको सहमतिअनुसार प्रमुख प्रतिपक्षी दलको हैसियतमा एमालेले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति पाउने भएको छ । यस्तै राष्ट्रिय सभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेले पाउने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तापक्षबाट राज्य व्यवस्था तथा सुशासन समिति कांग्रेसले लिने तथा पूर्वाधार विकास समिति माओवादीले पाउने मोटामोटी सहमति भएको छ । प्रतिनिधि सभाका अन्य समितिमा सत्ता पक्षकै दलबीच भागबण्डा हुनेछ ।


Advertisment
Nabil box
Kumari

सार्वजनिक लेखा समिति प्रतिपक्षी दललाई दिने संसदीय परम्परा छ । 

Vianet communication
Laxmi Bank

रास्वपा र राप्रसाले पनि संसदीय समितिमा दाबी गरेका थिए । तर लेखा समिति बाहेकका अन्य समिति प्रतिपक्षी दललाई नदिने निष्कर्षमा सत्तारूढ दल पुगेका छन् । 

शीर्ष तहमा भएको सहमति अनुसार सोमवार बस्ने प्रतिनिधि सभा बैठकले सभापति निर्वाचनको मिति तोक्ने छ ।

बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली लगायत ती दलका सचेतकहरू सहभागी थिए । 

तीन दलका शीर्ष नेताबीच संसदीय सुनुवाइ समितिलाई छिट्टै पूर्णता दिने पनि सहमति भएको छ । सुनुवाइ समिति नहुँदा संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरे पनि सुनुवाइ शुरू हुन सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x