२१ जेठ २०८३, बिहीबार

म्याद थपका लागि बालकृष्ण खाँणलाई अदालत लगिँदै

बैशाख ३१, २०८०
म्याद थपका लागि बालकृष्ण खाँणलाई अदालत लगिँदै

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थप गर्न आज (आइतवार) दिउँसो जिल्ला अदालत लगिने भएको छ । काठमाडौं प्रहरी परिसर टेकुमा रहेका खाँणलाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि लैजान लागिएको हो । त्यसअघि सरकारी वकिलको कार्यालयमा पुर्‍याइने छ ।

प्रहरी स्रोतका अनुसार उनलाई तीन दिन म्याद थप गर्ने तयारी छ । उनलाई बयानका लागि ल्याउने तयारीबीच अदालतमा ठूलो संख्यामा सन्चारकर्मीको भीड लागेको छ 
दिउसो ३ बजेसम्म ल्याइएको छैन । 

खाँणसँग प्रहरीले विभिन्न चरणमा बयान लिइसकेको छ । सरकारी वकिलको कार्यालयले पनि खाणसँग बयान लिने तयारी गरेको छ । 

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने काममा संलग्न रहेको पाइएपछि प्रहरीले वैशाख २७ गते खाँणलाई नियन्त्रणमा लिएको थियो । उनी गृहमन्त्री रहेको समयमा सचिव रहेका टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन् । 

नक्कली शरणार्थी प्रकरणमा बहालवाला सांसद टोपबहादुर रायमाझी भने अझै परार छन् । उनीविरुद्ध वैशाख २० गते पक्राउ पूर्जी जारी भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्