०२ साउन २०८३, शनिबार

जेठ ४ गते संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, १५ सांसदले प्रश्न सोध्न पाउने

बैशाख ३१, २०८०
जेठ ४ गते संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, १५ सांसदले प्रश्न सोध्न पाउने
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ४ गते प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिने भएका छन् । नयाँ प्रतिनिधि सभाले पहिलो पटक प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम शुरू गर्न लागेको हो । आइतवार बसेको कार्य व्यवस्था परामर्श समिति बैठकले प्रधानमन्त्रीसँग प्रश्नोत्तर शुरू गर्ने निर्णय गरेको हो ।

पहिलो दिनको प्रश्नोत्तरमा १५ जना सांसदले प्रश्न सोध्न पाउने छन् । प्रतिनिधि सभा नियमावलीका व्यवस्था भए पनि लामो समयदेखि प्रश्नोत्तर शुरू हुन सकेको थिएन । सभामुखलाई नाम टिपाएर सांसदले प्रश्न सोध्न पाउने छन् ।

सोही दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‍मा बोल्न समय मागेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले नक्कली शरणार्थी प्रकरणबारे जेठ ४ गते संसद्‍मा सम्बोधन गर्ने बताएका थिए ।

सदनमा प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्ने दिन प्रधानमन्त्री उपस्थित हुने संसदीय परम्परा छ । 

आइतवारको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रतिनिधि सभाका विषयगत समितिको बैठक तीन दिनभित्र राख्ने पनि सहमति भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्