२१ असार २०८३, आइतबार

काठमाडौं उपत्यकामा हावा हुरीसहितको वर्षा, अधिकांश स्थानमा विद्युत अवरुद्ध

बैशाख ३१, २०८०
काठमाडौं उपत्यकामा हावा हुरीसहितको वर्षा, अधिकांश स्थानमा विद्युत अवरुद्ध

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हावा हुरीसहितको वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ । हावाका कारण उपत्यकाका केही स्थानमा विद्युत सेवा अवरुद्ध बनेको छ ।

पश्चिमी वायुको प्रभावले काठमाडौंमा अहिले हावा हुरीसहितको वर्षा भएको महाशाखाले जनाएको छ ।​

बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्