०९ असार २०८३, मंगलबार

जनतालाई दुःख पुग्ने काम नगर्न न्यायिक समितिलाई मन्त्रीको निर्देशन

बैशाख ३१, २०८०
जनतालाई दुःख पुग्ने काम नगर्न न्यायिक समितिलाई मन्त्रीको निर्देशन

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायिक समितिलाई जनताले दुःख नपाउने गरी काम गर्न निर्देशन दिएका छन् । 

भरतपुर महानगरपालिकाद्वारा आज आयोजित न्यायिक समितिद्वारा हुने कार्यसम्पादनसम्बन्धी अन्तरक्रियामा उनले जनताको हित सोचेर काम गर्न आग्रह गरे । “जनताको बीचमा रहेर काम गर्दा आउने समस्या समाधानमा कानून मन्त्रालयले काम गरिरहेको छ तर न्यायका नाममा अपराधी छुट्ने काम कहीँ कतैबाट नहोस्” उनले भने ।

कही कतै मेलमिलापको नाममा जघन्य अपराध गर्नेहरुसमेत छुटेको भन्ने सुनिएको भन्दै उनले कानूनको आँखाबाट अपराधी छुट्न नहुने बताए। महानगरपालिकाको न्यायिक समितिले गरेका काम सराहनीय भए पनि कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिए । 

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले न्यायका क्षेत्रमा महानगरले गरेको कामका प्रसंशायोग्य रहेको बताइन् । न्याय दिन गठित न्यायिक समितिले जनताको पक्षमा काम गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्